
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल अमेरिकासँग फराकिलो अन्तरले पराजित भएको छ । आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७ रन बनाए । अमेरिकाका हर्मीत सिंहले ६ विकेट लिए । यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले ७५, मिलिन्द कुमारले नटआउट ७० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।
आजदेखि शुरू भएको घरेलु टोली यूएई, नेपाल र अमेरिका सम्मिलित शृङ्खला आउँदो बुधवार कात्तिक १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् । आठ वटा टोली सम्मिलित लिग–२ मा नेपाल १७ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । यूएई १६ खेलमा ६ अङ्कसहित पुछारमा छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व