
काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले हराएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । नेपाल ‘ए’ का मयन यादवले ७२ रन बनाए । अमेरिकाका मिलिन्द कुमारले २ विकेट लिए ।
यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले शतक बनाए । पटेल १०८ बलमा ११६ रन जोडेर आउट भए । नेपाल ‘ए’ का पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले १/१ विकेट लिए । एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा हिजो नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग २/२ वटा अभ्यास खेल खेल्नेछ । नेपाल ‘ए’ ले शृङ्खलाको तेस्रो खेलमा भोलि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ । यही वैशाख २८ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुँदैछ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान