
काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अबदेखि ‘प्लेब्याक भोकलिस्ट’ को रुपमा काम नगर्ने बताएका हुन् ।
नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’ चर्चित गायकको यो घोषणापछि सिंगो बलिउड र प्रशंसक स्तब्ध भएका छन् । धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।
अरिजितले पछिल्लोपटक सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ को गीत ‘मातृभूमि’ गाएका थिए । चलचित्र गायनबाट सन्यास लिएपनि उनले आफ्नो स्वतन्त्र सांगीतिक यात्रा भने निरन्तर रहने जनाएका छन् । उनका ‘तुम हि हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत चर्चित छन् । सिंहले २ वर्षअघि काठमाडौंमा प्रस्तुति दिएका थिए ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान