
काठमाडौं। नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो दिन यु–१७ ब्वाइज सिंगल्समा लभ ब्याडमिन्टन एकेडेमीका अस्मित राणाले देवीनगरका सुभाङ आचार्यलाई २१–७ र २१–१० तथा नेपाल आर्मीका प्रतीक विष्टले धन्यन्तरीका सुशान्त प्रजापतिलाई १९–२१, २१–१९ र २१–१६ को सेटमा पराजित गरे ।
सोही स्पर्धाको अन्य खेलमा कीर्तिपुर ब्याडमिन्टन क्लबका समन्तभद्र वज्राचार्य, भिन्छेबहाल ब्याडमिन्टन क्लबका रोनिश वज्राचार्य, बालकुमारीका रिजेन घिमिरे, आर्मीका दीप थिङ, नेपाल प्रहरीका रिसब राई, बालकुमारीका सक्षम शाक्य, देवीनवरका उज्ज्वल चौधरी, लभका पप्पु पाल र डियरवाकका सौर्य विष्टले जित हात पारे । पुरुष डबल्सको क्याटगोरी ‘बी’ मा आयोजक नखिपोटका कैलाश गुरुङ र लोकेन्द्र थापा, सूर्यदर्शनका कृष्ण सलामी र रमेश उपरकोटी, फ्रिडम फिट्नेसका कमल लामा र सुदर्शन थापा तथा ओचु ब्याडमिन्टन क्लबकाका भीम राई र प्रदीप राईको जोडी अर्को चरणमा प्रवेश गरेका छन् ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा नखिपोटका चन्द्र लिम्बू र तुलसी पुन, एनपीएस भक्तपुरका असिम खड्का र सुरेन्द्र लामा, देवीनगरका कुशल केसी र खेम सुब्बा, वाइसीबीसीका जीवन गुरुङ र मधु गुरुङ, पीएफसीका अरुण सन्जेल र श्याम थापा, डम्बर लामा र लोक लामा, पीएफसीका होटमिलन राई र तारानाथ योगी, नखिपोटका मेदनाराज पाण्डे र बलबहादुर राई, एपीएफका कुशु बुढाथोकी र चेतसिंह थापा, सुनाकोठी ब्याडमिन्टन क्लबका जे महर्जन र के गोपाल महर्जन, नखिपोटका दिनेश राई र सौरव राणा, नवजीवनका नारायण खड्का र गोरे राना मगर, नखिपोटका राजेश वज्राचार्य र विलन महर्जन, वाइसीबीसीका दिवस लबुङ र देवेन्द्र राणा, मिरमिरे ब्याडमिन्टन क्लबका चिरीबाबु महर्जन र विजेन श्रेष्ठ तथा देवीनगरका जगुराम चौधरी र नारायण थापाको जोडी दोश्रो चरणमा प्रवेश गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा ३ सय १४ खेलाडी सहभागी छन् । सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।













समाचार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति