
रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ । बरफ जमेको अवस्थामा तालमाथि हिँडडुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको हो ।
पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो । यस्तो अवस्थामा यात्रु दहभित्र खस्न सक्ने भएकाले बरफमाथि नहिँड्न र सुरक्षित दूरी कायम गर्न सबैमा आग्रह गर्दै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले कुण्डमाथि हिँडेर धार्मिक कार्यमा खलल नपार्न पनि सबैमा अनुरोध गरे ।
हाल गोसाइँकुण्ड क्षेत्रमा चिसो बढिरहेको र पर्यटकको चहलपहल पनि रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा गाउँपालिकाले निगरानी बढाएको जनाएको छ । तीर्थयात्री तथा पर्यटकलाई स्थानीय सूचना, निर्देशन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । साथै मौसमको प्रतिकूलता हेरी हिउँ परिरहने क्षेत्र चिप्लोबाटो भएकाले साथी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि सुरक्षा निकायले अनुरोध गरेको छ ।













समाचार
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै