
काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा १४ वटा विपद्का घटना घटेका हुन् ।
उक्त घटनामध्ये १२ वटा आगलागी र डढेलोका रहेका छन् । ती घटनामा परेर तीन जना महिला घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । प्राधिकरणका अनुसार पछिल्लो समयमा आगलागीका घटना बढिरहेका हुन् । विद्युत् सर्ट हुने, आगो ताप्दा कपडामा सल्किनेलगायत घटना भइरहेका देखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार झापा, मोरङ, धनकुटा, सोलुखुम्बू, खोटाङ, सर्लाही, बारा, कपिलवस्तु, कैलालीमा आगलागीका घटना भएका छन् भने सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक भीरमा डढेलो लागेको छ । प्राधिकरणबाट प्राप्त २४ घण्टाको विवरणमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बस्ने ६७ वर्षीया महिलाको आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर पेट भन्दा तल्लो भागमा जली घाइते भएकी छिन् । शरीरको ३० प्रतिशत भाग जलेकी निजको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ ।
ती आगलागीबाट आठ वटा पशुचौपाय क्षति भएका छन् भने ३७ लाखभन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ । मोरङ र अछाममा भने जनावरको आक्रमणका घटना भएका छन् । अछाममा जनावरको आक्रमणबाट एक जना घाइते भएका प्राधिकरणले जनाएको छ । यसैबिच, प्राधिकरणले आगो ताप्ने क्रममा कपडामा सल्किएर शरीर जल्ले र ज्यानै जाने घटना भइरहेकाले विशेष ध्यान दिन र सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।












समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प