
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १३ गतेका लागि ७ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभा बाँके जिल्लाको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजे सुरु हुने छ । कम्पनीको सञ्चालक समितिको पुस २२ गते बैठकले लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सो सभाले भविष्यमा कुनै लघुवित्त कम्पनीसँग मर्जरमा जान उपयुक्त लघुवित्त संस्था पहिचान गर्नेदेखि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनका साथै वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धी अनुसूचीउपर छलफल गरी पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, एक जना सर्वसाधारण शेयरधनी र स्वतन्त्र सञ्चालकको मनोनयनलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ६ गते १ दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ । बूक क्लोजको आधारमा फागुन ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सो सभामा उपस्थित हुन सक्नेछन् ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय