
काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोड्यो । उसका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए । १८ औं ओभरमा आक्रामक ब्याटिङ गर्दै मोव्वाले क्यानडाको लक्ष्य उकासे । उनले यस ओभरमा दुई छक्का र एक चौका प्रहार गरे ।
त्यस्तै, कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले पनि आक्रामक ब्याटिङ गर्दै ११ बलमा २१ रन जोडे । उनले तीन छक्का प्रहार गरे । निकोलक किर्तोनले १० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे । नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)माथि ७ विकेटको जित हात पारेको थियो ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै