
काठमाडौं । केन्द्रीय बैंकले आज माघ २८ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो ४६ दिने निक्षेप संकलन उपकरणको आउँदो चैत १५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने