
काठमाडौं। साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी र श्री सत्य साइले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा सत्य साइ सिनियर गल्र्समा च्याम्पियन बने । बूढानीलकण्ठको च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले जेबीलई २२–१७ ले पराजित गर्दै उपाधि रक्षा गर्यो । लालीगुराँसका लक्ष्मण बुढाले १३ स्कोर गरे । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तेश्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा सत्य साइले गत उपविजेता फेरिल्यान्डलाई १९–१५ ले हरायो । सत्य साइकी आकृति यादवले ८ अंक जोडिन् । भ्याली पब्लिक तेश्रो बन्यो । जुनियर ब्वाइजमा लक्ष्मण र सिनियर गल्र्समा आकृति ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा बीएनएका सुप्रिम बस्नेत र गल्र्समा भ्याली पब्लिककी आकृति बम उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा जेबीका गौरव ओली र सिनियर गल्र्समा फेरिल्यान्डकी रेनुका तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर ब्वाइजमा स्कोलर्स होम र नेचर तथा सिनियर गल्र्समा त्रिवेणी सदन अनुशासित टिम ठहरिए । जुनियर ब्वाइजमा बीएमसीए तथा सिनियर गल्र्समा बेलमोन्ट उदीयमान टिम घोषित भए । विजेतालाई आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला घलान, जेबीकी निर्देशक सुजु थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी थिए ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय