यो साता सेयर बजार दुई दिन मात्रै खुल्ने 

काठमाडौं । यो साता सेयर बजार २ दिन मात्रै खुला हुने भएको छ । यो साता बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो ।

५ दिन कारोबार हुने भए पनि यो साता तीन दिन सार्वजनिक बिदा परेको छ । जस कारण २ दिन मात्रै सेयर बजार खुला रहने छ । फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवस परेका कारण ती दिन सेयर बजार बन्द रहनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार