
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अफ्रिकाले यूएईलाई ६ विकेटले हराएको हो । यो जितसँगै अफ्रिका अपराजित रहँदै ८ अंकसहित सुपर एटमा प्रवेश गर्यो । उसले समूहका चारै टोलि न्यूजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडालाई हरायो ।
यूएईले दिएको १२३ रनको सामान्य लक्ष्य अफ्रिकाले १३.२ ओभरमै (४० बल बाँकी रहँदै) ४ विकेट गुमाएर भेट्टायो । उसका लागि डेवाल्ड ब्रेभिसले ३६, रायन रिकल्टनले ३० तथा एडेन मार्करमले २८ रन जोडे । बलिङतर्फ यूएईका हैदर अली, मुहम्मद जवादुल्लाह, मुहम्मद अरफान र मुहम्मद फारुकदले एक–एक विकेट लिए ।
त्यसअघि दिल्लीस्थित अरुण जेटली मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन जोड्यो । अलिशान शराफुले सर्वाधिक ४५ रन बनाउँदा मुहम्मद वसिमले २२ तथा आर्यान्स शर्माले १३ रन जोडे । मुहम्मद अरफानले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ अफ्रिकाका कोर्विन बोस्चले तीन तथा एन्रिख नोर्ख्याले दुई विकेट लिँदा जर्ज लिन्डेले एक विकेट लिए । यस समूहबाट अफ्रिका र नूजिल्यान्डले सुपर आठमा स्थान बनाउँदा यूएई, अफगानिस्तान र क्यानडा बाहिरिए ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?