
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमार्फत सेयर बजार सुधारलाई उच्च प्राथमिकतामा राखेको छ। पार्टीले पूँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउँदै आम नागरिकको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरेको हो।
रास्वपाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को पुनर्संरचना गर्दै निजी क्षेत्रको सहभागिता बढाउने प्रस्ताव अघि सारेको छ। प्रतिस्पर्धात्मक डिजिटल सेवा विकास, छिटो छरितो कारोबार प्रणाली र लगानीकर्तामैत्री संरचना निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ।
संस्थागत लगानी विस्तारका लागि पेन्सन फन्ड, बीमा कम्पनी र म्युचुअल फन्डलाई सक्रिय बनाउने तथा वैकल्पिक लगानीका साधन प्रवर्द्धन गर्ने योजना वाचापत्रमा समेटिएको छ।
रास्वपाले सेयर बजारलाई सीमित समूहको प्रभावबाट मुक्त गर्दै डिजिटल माध्यमबाट युवा तथा सर्वसाधारणसम्म सहज पहुँच पुर्याउने उल्लेख गरेको छ। पार्टीका अनुसार पूँजी बजारलाई देशको आर्थिक वृद्धि र पूँजी निर्माणको मुख्य आधारका रूपमा विकास गरिनेछ।













समाचार
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा