
काठमाडौं । पछिल्लो सात महिनामा करिब एक सय छवटा मुलुकमा कामका लागि जान मासिकरूपमा करिब ५५ देखि ६५ हजार युवाहरूले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार ७ महिनामा वैदेशिक रोजगारीमा जान चार लाख ७२ हजार छ सय ७३ जना युवाले श्रमस्वीकृति लिएका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २५ प्रतिशत अर्थात् १० हजार चार सय २२ जनाले बढी हो । गत आर्थिक वर्षको सात महिनामा चार लाख ६२ हजार दुई सय ५१ युवाले श्रम स्वीकृति लिएका थिए ।
विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले चालू आवको सात महिनामा सबैभन्दा कम ९८ वटा मुलुक र सबैभन्दा बढी एक सय १४ वटा मुलुकमा काम गर्न जानका लागि युवाहरूले श्रम स्वीकृति लिएको जानकारी दिए । उनका अनुसार साउनमा एक सय पाँचवटा मुलुकका लागि ६८ हजार एक सय १० जना (पुरुष ५८९४८ र महिला ९१६२) र भदौमा ९८ वाट मुलुकका लागि ६७ हजार नौ सय ७२ जना (पुरुष ५९९२३ र महिला ८०४९) र असोजमा एक सय १४ वटा मुलुकका लागि ६४ हजार छ सय ३४ जना (पुरुष ५६६२५ र महिला ८००९)ले श्रम स्वीकृति लिएका छन् ।
कात्तिकमा एक सय छवटा मुलुकका लागि ७३ हजार ९४ जना (पुरुष ६४४९० र महिला ८६०४), मंसिरमा एक सय आठवटा मुलुकका लागि ६५ हजार सात सय पाँच जना (पुरुष ५८०८३ र महिला ७६२२), पुसमा एक सय पाँचवटा मुलुकका लागि ६२ हजार पाँच सय ५९ जना (पुरुष ५५५४१ र महिला ७०१८) र माघमा एक सय सातवटा मुलुकका लागि ७० हजार पाँच सय तीन जना (६२१६२ पुरुष र ८३४१ महिला)ले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानका लागि महिलाभन्दा सात, आठ गुणा बढी पुरुषले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृतिको लागि तुलनात्मकरूपमा महिलाभन्दा बढी पुरुष देखिए पनि सरकारले श्रम सम्झौता तथा द्विपक्षीय सम्झौतामा ध्यान दिन नसक्दा उनीहरू असुरक्षित वातावरणमा काम गर्नुपर्ने बाध्यता रहेको जानकारहरू बताउँछन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम