काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदी ३७५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको हो । गत शुक्रबार सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ५० रुपैयाँ रहेको थियो ।