
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आज माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत हिस्सा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ ।
यसमा १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले खरिद गर्न पाउनेछन् । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो शेयर खरिद गर्न सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बिक्रीपछि बाँकी रहेको खण्डमा सो समेत जोडेर दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पहिलो चरणको आईपीओ खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व