
काठमाडौं । नेपाल तेक्वान्दो संघ द्वारा मिति २०२६ फेवरेरी १६ देखि २० काठमाडौंको दशरथ रङ्गशालामा आयोजित 4th Mt. Everest International Taekwondo Championships 2026 मा जैशिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीहरुले २ स्वर्ण र १ काँस्य गरि कुल ३ अन्तर्राष्ट्रिय पदक जित्न सफल भएको छ। मुविक्क्षा गजुरेलले जुनियर महिला गेरोगी विधा तर्फ ६३ के.जी. तौल समुहमा स्वर्ण , सुप्रिया जोशीले क्यडेट महिला गेरोगी विधा तर्फ ३३ के.जी.तौल समुहमा स्वर्ण र आभिष मानन्धरले क्यडेट पुरुष गेरोगी विधा तर्फ ६५ के.जी.तौल समुहमा काँस्य पदक जित्न सफल भएको छ।
५ दिन सम्म आयोजना भएको यस अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल लगायत २३ मुलुकका १२ भन्दा बढी खेलाडीहरु तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको सहभागीता रहेको थियो। उक्त प्रतियोगितामा क्लवका अध्यक्ष राजेश प्रजापतिज्यू जुरी र अन्जीत राईज्यू टिम प्रशिक्षकको भुमिका निर्वाह गरेका छन् भने सहभागितामा लाग्ने सम्पूर्ण खर्च जैशिदेवल युथ क्लवको रहेको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू