
काठमाडौं । आज फागुन ११ गते दुई वटा बीमा कम्पनीहरुको आ आफ्नो साधारणसभा सम्पन्न गर्दैछन् । एक जीवन बीमा कम्पनी र एक निर्जीवन बीमा कम्पनीको साधारणसभा आज बस्ने भएको हो ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० औं वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछन् । एशियन लाइफको साधारणसभा बारास्थित होटल क्लासिक सिमरामा दिउँसो १ बजेबाट शुरू हुनेछ । सभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धी संलग्न अनुसूचिहरू माथि छलफल तथा पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी बोनस सेयर वितरण पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको प्रबन्धपत्रमा समयानुकूल उद्देश्य थप तथा संशोधन गर्ने र आवश्यकता अनुसार कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २९ गते एक दिनका लागि बूक क्लोज गरिसकेको छ ।
त्यस्तै नेको इन्स्योरेन्सको साधारणसभा आज काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत (१०० कित्ता बराबर ३ कित्ता) बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र गत आवको लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी बोनस सेयर वितरण पश्चातको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने र आवश्यता अनुसार तथा नियामक निकायहरूबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले माघ २५ गते एक दिनका लागि बूक क्लोज गरिसकेको छ । बूक क्लोजको आधारमा माघ २४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू