
काठमाडौं । भारतको राँचीबाट दिल्लीका लागि उडेको एक निजी एयर एम्बुलेन्स सोमबार साँझ झारखण्डको चतरा जिल्लामा दुर्घटना भएको छ । दुर्घटना हुँदा त्यसमा सवार दुई चालक दलका सदस्यसहित सबै सात जनाको मृत्यु भएको छ ।
भारतीय नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनाको पुष्टि गरेको समाचार एबीपीले प्रकाशित गरेको छ । प्रारम्भिक जानकारी अनुसार, विमान राँचीको बिरसा मुन्डा एयरपोर्टबाट साँझ ७ः११ बजे दिल्लीका लागि मेडिकल उडान भरेको थियो । उडान भरेको केही समयमै विमानसँगको राडार र रेडियो सम्पर्क टुटेको थियो भने कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग विमानको अन्तिम सम्पर्क साँझ ७ः३४ मा भएको जनाइएको छ ।
सम्पर्क विच्छेद भएको करिब ३० मिनेटपछि उद्धार समन्वय केन्द्रलाई सक्रिय गरिएको थियो । खोजी तथा उद्धार टोली दुर्घटनास्थलमा पुग्दा विमानमा सवार कोही पनि जीवित फेला नपरेका एबीपीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरोको टोलीले विस्तृत अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा चालक दलका सदस्य क्याप्टेन विवेक विकास बिलागत र क्याप्टेन सवरदीप सिंहका साथै बिरामी सञ्जय कुमार, कुरुवा अर्चना देवी र धुरु कुमार, डाक्टर विकास कुमार गुप्ता र प्यारामेडिक सचिन कुमार मिश्र रहेका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना