
काठमाडौं । रामेश्वर प्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासहरूलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले राजस्व संकलन र परिचालनमा देखिएका चुनौतीहरूको समाधानका लागि एकीकृत रणनीति अपनाउनुपर्ने धारणा राखे । अर्थमन्त्री खनालले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारअनुसार राजस्व चुहावट नियन्त्रण र राजस्व वृद्धिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । राजस्व संकलनमा पारदर्शिता, जवाफदेहिता र प्रविधिको अधिकतम प्रयोगमार्फत सुधार सम्भव रहेको उनको भनाइ थियो ।
कार्यक्रममा दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए । उनले नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमताअनुरूप राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिए ।
उनका अनुसार प्रविधिको प्रयोग, दक्ष जनशक्ति व्यवस्थापन, कानुनी सुदृढीकरण र अन्तर–निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन तथा प्रभावकारी परिणाम हासिल गर्न सकिनेछ ।
बैठकमा प्रहरी नायब महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिकासम्बन्धी प्रस्तुतीकरण गरेका थिए भने अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले राजस्व परिचालन र चुहावट नियन्त्रणसम्बन्धी विविध विषयमा जानकारी गराएका थिए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह