
काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि सात वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८९’ नाम दिइएको छ ।
ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले फागुन १३ गते अपरान्ह ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नुपर्नेछ ।
ऋणपत्रको सावाँ भुक्तानी २०८९ फागुन १५ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्नेछ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने व्यवस्था छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी बोल प्राप्त भएमा बोलवालालाई समानुपातिक रूपमा ऋणपत्र बाँडफाँट गरिनेछ।
ऋणपत्रमा न्यूनतम ५ लाख रुपैयाँ र अधिकतम कुल निष्कासित रकमको सीमाभित्र नबढाई ५ लाखले भाग गर्दा निशेषमा भाग जाने अंकमा मात्र बोलकबोल पेस गर्नुपर्नेछ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन्। राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले भने अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन्।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू