महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कायम कम्पनीकै विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले सूचना जारी गरेर विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । कम्पनीले रामेछापका महोन बहादुर बस्नेतको नाममा रहेको ५ हजार ६७६ कित्ता र सप्तरीका सत्य नारायण चौधरीको नाममा रहेको ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ । उक्त सेयर २०८१/०८२ को बोनस सेयर खरिद गरेका सेयरधनीहरुले पनि आवेदन दिन सक्ने छन् ।

उक्त सेयरमा सूचना जारी भएको ३५ दिन भित्र लघुवित्तको केन्द्रीय कार्यालय अम्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाइ आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य विक्रेताले तोक बमोजिम हुने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार