
काठमाडौं । भियतनाममा हुने यु–१४ उमेर समूहको ‘वल्ड्र जुनियर टेनिस प्रतियोगिता’मा मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । सहभागिता जनाउने खेलाडीमा पुरुषतर्फ सभ्यजङ्ग कार्की, विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलातर्फ सारा पन्त, एरा खत्री र स्वराह थापा रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।
महिला खेलाडीको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ । प्रशिक्षकसहित टोली शुक्रबार त्यसतर्फ जाने छ । पुरुष खेलाडीको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म हुनेछ । उक्त टोली मार्च ६ तारिखमा त्यसतर्फ जाने कार्यक्रम छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै