
काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्य प्रतितोला १० हजार २०० रुपैयाँले वृद्धि भएको हो। यो वृद्धि अघिल्लो साताको तुलनामा ३.३५ प्रतिशतले बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत फागुन ८ गते शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन एक सातापछि अर्थात फागुन १५ गतेसम्म आइपुग्दा ३ लाख १४ हजार ९०० रुपैयाँ पुगेको छ। साताको सुरुवात नै उच्च वृद्धिसँग भएको थियो । फागुन १० गते आइतबार सुनको मूल्य एकैदिन ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट अर्थात फागुन ११ गते पुनः ३ हजार २०० रुपैयाँले बढ्दै सुन ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भयो ।
फागुन १२ गते सुन थप बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भयो। फागुन १३ गते भने मूल्य स्थिर रहँदै अघिल्लो दिनकै दरमा कारोबार भयो। त्यसपछि फागुन १४ गते सुनको मूल्य फेरि उकालो लागेर ३ लाख १५ हजार ४०० रुपैयाँ पुग्यो, जुन यस साताकै उच्च बिन्दु रह्यो ।
साताको अन्तिम दिन फागुन १५ गते सुनको मूल्यमा सामान्य करेक्सन देखियो। सो दिन ५०० रुपैयाँले घट्दै प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
समग्रमा हेर्दा साताभर चार दिन मूल्य वृद्धि, एक दिन स्थिर र एक दिन सामान्य गिरावट देखिएको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग, डलर विनिमय दरको प्रभाव तथा भू–राजनीतिक अनिश्चितताले सुनको मूल्यमा दबाब सिर्जना गरेको छ ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन