
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकका सञ्चालकहरूलाई १० दिनभित्र स्पष्टीकरण पेस गर्न ताकेता गरेको छ । राष्ट्र बैंकले यही फागुन १६ गतेको मिति राखेर उक्त मितिले १० दिनभित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले स्पष्टीकरण पेस गर्न आउनेबारेमा सूचना जारी गर्दै भनेको छ, ‘समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओमप्रकाश मिश्र तथा सदस्यहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत, निसार अहमद दर्जीलाई सञ्चालकको पदबाट बर्खास्त गर्नु नपर्ने कुनै कारण भए आफ्नो सफाइ तथा स्पष्टीकरण १५ दिनभित्र यस बैंकसमक्ष प्रस्तुत गर्न मिति २०८२÷०६÷२८ को पत्रमार्फत पत्राचार गरिएकोमा निजहरूबाट उक्त अवधिमा कुनै जवाफ पेस नभएको सन्दर्भमा निजहरूलाई यो सूचना प्रकाशित भएको १० दिनभित्र निम्नबमोजिमका कुनै एक स्थानमा आफ्नो स्पष्टीकरण पेस गर्नुहुन सूचित गरिन्छ ।’
राष्ट्र बैंकका अनुसार यस्तो स्पष्टीकरण वित्तीय संस्था सुपरिवेक्षण विभाग, नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाडौं, नेपाल राष्ट्र बैंक, नेपालगञ्ज कार्यालय र व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, केन्द्रीय कार्यालय, नेपालगन्ज, बाँकेमध्ये कुनै एउटा संस्थामा गएर दिनुपर्ने उल्लेख गरेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह