
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले इजरायल अमेरिकी आक्रमणका कारण मध्यपूर्वका मुलुकहरूमा देखिएको अवस्था र नेपाली नागरिकहरूलाई पारेको प्रभावबारे गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै युद्ध प्रभावित मुलुकमा रहेका नेपालीको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह समेत गरेको छ ।
‘युद्धका कारण नेपालीहरूमा पर्न जाने असुविधाप्रति आयोग गम्भीर चासो र चिन्ता प्रकट गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्ने विषय आयोगले स्मरण गराएको छ ।
‘यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरूमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरूलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्दछ,’ आयोगले भनेको छ । सरकारले आफ्ना कुटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरूसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक रहेको आयोगको भनाइ छ ।
‘अत: युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणको लागि तथ्याङ्क सङ्कलन गरी जोखिमको आँकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्धार गरी स्वदेश फर्काउन आयोग नेपाल सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली नागरिकको सुरक्षा र उद्धारका कार्यमा आवश्यक समन्वय र सहयोग गर्न आयोग ती देशहरूमा रहेका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरूलाई समेत आयोगले अनुरोध गरेको छ ।
अमेरिका र इजरायलले संयुक्त रुपमा थालेको सैन्य कारबाहीपछि इरानले पनि जवाफ फर्काएको छ । अरानी सर्वोच्च नेताको निधनपछि अहिले इरानले जवाफ फकाईरहेको हो । यसैबीच लाखौंको संख्यामा नेपाली समेत रहेका देशहरूमा चिन्ता थपिँदै गएको हो ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना