
काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै हर्षाेल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् । हाम्रो क्लव–अस्ट्रेलियाले फागुपूर्णिमाको उपलक्ष्यमा सिड्नीमा आयोजना गरेको फागु उत्सवमा बालबालिका, युवायुवती र वृद्धवृद्धासमेतको उल्लेख्य सहभागिता थियो ।
सिड्नीस्थित नेपाली समुदायका अगुवा एवम् फागु पर्व आयोजक विवेक सापकोटाका अनुसार सनातन धर्म संस्कृतिको जगेर्ना, नेपालीबीच भाइचाराको सम्बन्ध विस्तार र मनोरञ्जन प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सोचेभन्दा बढी नेपालीको उपस्थिति थियो । उनले विशेषगरी फागु पर्वसँग सम्बन्धित नेपाली गीतसङ्गीतको तालमा नाचगान गर्दै विशेष खाद्य परिकार ग्रहण गरी पर्व मनाएको जानकारी दिए ।
आयोजक सापकोटाले भने, ‘भौगोलिक रूपमा नेपालबाट टाढा रहे पनि धार्मिक तथा सांस्कृतिक हिसाबले हामीजस्ता परदेशीको मन नेपालमै छ । फागु पर्वको उपलक्ष्यमा सिड्नी सहरसहित आसपास बसोबास गर्ने नेपाली समुदायको उपस्थितिमा हर्षाेल्लासका साथ फागु खेलेर पर्व मनायौँ । फागु पर्वका माध्यमबाट व्यस्त दैनिकीकाबीच अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई एक ठाउँमा ल्याउन सफल भयौँ । अब अर्को वर्ष गुणात्मक रूपमा अझ धेरै नेपालीलाई समेटेर मनोरञ्जनात्मक कार्यक्रमसहित फागु पर्व मनाउने सोच बनाएका छौँ ।’












समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने