आर्सनलसँग चेल्सी पराजित, शीर्ष स्थानमा आर्सनलकाे ५ अंकको अग्रता

काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले १० खेलाडीमा सीमित चेल्सीमाथि कठिन २–१ को जित निकाल्दै अंकतालिकाको ५ अंकको अग्रता कायम राखेको छ। आइतबार इमिरेट्स स्टेडियममा भएको खेलका सबै गोल कर्नरबाट भएका थिए। ६६औँ मिनेटमा जुरिएन टिम्बरले हेडमार्फत गरेको गोल निर्णायक बन्यो।

आर्सनलले २१ औं मिनेटमा विलियम सालिबाको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा चेल्सीले पनि कर्नरबाटै दबाब सिर्जना गर्‍यो, जसमा पिएरो हिन्कापिएबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो। तर दोस्रो हाफमा आर्सनलले फेरि सेट पिसमार्फत गोल गर्यो। तीन मिनेटको अन्तरालमा दुई पहेँलो कार्ड पाएपछि पेड्रो नेटोलाई रातो कार्ड देखाइयो र चेल्सी १० खेलाडीमा सीमित भयो। त्यसपछि ६६ औं मिनेटमा टिम्बरको हेड गोलले आर्सनललाई महत्वपूर्ण जित दिलायो।

मिकेल आर्टेटाको टोलीले यो जितसँगै म्यानचेस्टर सिटी भन्दा सुरक्षित दूरी कायम राखेको छ। चेल्सी छैटौँ स्थानमा सीमित भएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार