
काठमाडौं । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको उल्लेख छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।
दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन । सो भवन पहिल्यै खाली गराइएको थियो । साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्नेहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ । शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखाडाहरुमा र इजरायलमा आक्रण जारी राखेको छ ।
यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावासबाट वा त्यस आसपासबाट धुवाँ उडिरहेको देखिएको थियो । त्यसपछि दूतावासले सर्वसाधारणलाई दूतावास नआउन र आफ्नै घरमा सुरक्षित बस्न अनुरोध गरेको थियो । इरानले बदलास्वरुप मध्यपूर्वका खाडी मुलुकहरुमा निरन्तर आक्रमण जारी राखेको छ । युएईको एक विमानस्थलमा समेत आक्रमण हुँदा सुरक्षा गार्डको रुपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो । अहिले पनि निरन्तर खतराको साइरन बज्ने र आकासमा ड्रोन उडिरहेको देखिएकाले नेपालीहरु त्रसित छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना