
दोधारा चाँदनी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान गएिको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका १३२ वटा मतदान केन्द्रमध्ये ७९ मतदान केन्द्रमा सिसीटिभी क्यामेरा जडान गरिएको जानकारी दिए ।
त्यसैगरी यहाँका ६६ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । एक सय ३२ मतदानस्थलमध्ये ६६ वटा मतदानस्थललाई अतिसंवेदनशील, ४० वटा मतदानस्थल संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाइएको छ ।
कञ्चनपुर जिल्ला भारतसँग सीमा जोडिएका कारण पनि अतिसंवेदनशील मतदनास्थलको सङ्ख्या बढी छ । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ मा ३४ अतिसंवेदनशील मतदानस्थल छन् भने १४ संवेदनशील र चार मतदान केन्द्र सामान्य छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा १७ अतिसंवेदनशील मतदानस्थल छन् । तेह्र वटा संवेदनशील र १३ सामान्य मतदानस्थल छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा १५ अतिसंवेदनशील,१३ संवेदनशील र नौवटा सामान्य मतदानस्थल रहेका जनाइएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट