काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा रहेको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अघिल्लो दिन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा रहेको थियो । त्यस्तै आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा रहेको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ७० पैसा र बिक्रीदर १९४ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ४७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १० रुपैयाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७८ पैसा र बिक्रीदर २३ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।