
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा वाणिज्य बैंकहरुले ३८ अर्बभन्दा बढी मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् ।
चालु आर्थिक वर्षको ७ महिनामा बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आर्थिक वर्षको ७ महिनाको तथ्याङ अनुसार १० बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ । यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले ७ महिनामा नाफा ३४.२१ प्रतिशतले बढाएर ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब १ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा ६.६२ प्रतिशतले बढेर ४ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा बैंकमा भने कुमारी बैंक र सिद्धार्थ बैंक अगाडी देखिएका छन् । कुमारीको नाफा ३२९ प्रतिशतले बढेर ३ अर्ब १७ करोड पुगेको छ भने सिद्धार्थ बैंकको ९९ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।
माघ मसान्तसम्मको अवधिमा एभरेष्ट बैंकको नाफको नाफा २.६६ प्रतिशतले घटेर २ अर्ब ५० करोड, प्राइम बेंकको ९.८१ प्रतिशतले बढेर २ अर्ब ३९ करोड, इन्भेष्टमेन्ट मेगा बैंकको ३६.१८ प्रतिशतले घटेर २ अर्ब १९ करोड, एनएमबि बैंकको ९.८१ प्रतिशतले घटेर २ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकको ५२.४६ प्रतिशतले बढेर १ अर्ब ८८ करोड, नेपाल बैंकको २४.४० प्रतिशतले घटेर १ अर्ब ८५ करोड, सानिमा बैंकको २६.२८ प्रतिशतले बढेर १ अर्ब ७३ करोड, स्टान्र्डड चार्टड बैंकको १५.१५ प्रतिशतले घटेर १ अर्ब ५६ करोड र हिमालयन बैंकको ५.१७ प्रतिशतले घटेर १ अर्ब ३९ करोड रुपैयाँमा पुगेको छ ।
यता, प्रभु बैंकको २५.६६ प्रतिशतले घटेर १ अर्ब ३६ करोड, माछापुच्छ्रे बैंकको २८.६३ प्रतिशतले बढेर १ अर्ब २४ करोड, कृषि विकास बैंकको ७.५० प्रतिशतले बढेर १ अर्ब २० करोड, नेपाल एसबिआई बैंकको १०.६१ प्रतिशतले बढेर १ अर्ब २० करोड, सिटिजन्स बैंकको ३६.०९ प्रतिशतले घटेर ५७ करोड, एनआईसी एशिया बैंकको ४.६६ प्रतिशतले घटेर ४४ करोड र लक्ष्मी सनराइज बैंकको ८४.७३ प्रतिशतले घटेर २४ करोड रुपैयाँ नाफा रहेको छ ।












समाचार
सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री
करदाता प्रोत्साहन उपहार कार्यक्रममा बीजक प्रविष्टि अनिवार्य
सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चीन र सार्क क्षेत्रबाट उल्लेख्य वृद्धि
विपद्पछिको पुनःस्थापनामा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री शाहले दिए धन्यवाद
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर भ्रष्टाचारीलाई कारबाही गरे श्रम संस्कृतिले जुनुसकै सहयोग गर्छ : आरेन राई
अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८९ करोड
विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर आयो सञ्चालनमा