
काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको संकटका कारण उत्पन्न चुनौतीका बाबजुद नेपालले जर्मनीमा आयोजित विश्वकै अग्रणी ट्राभल ट्रेड शो आईटीबी बर्लिनमा सशक्त उपस्थिति जनाएको छ । मार्च ३ देखि ५ सम्म जारी रहने आईटीबी बर्लिनमा नेपालको सहभागिता केवल व्यापारिक उपस्थिति मात्र नभई विश्वमा नेपालको पर्यटन सम्भावनालाई पुनःस्थापित गर्ने रणनीतिक प्रयास भएको बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले बताए ।
हिमालयका रोमाञ्चक ट्रेकिङ मार्गदेखि प्राचीन मन्दिरहरूको शान्त परिवेश, विविध संस्कृति, परम्परा तथा अनुपम प्राकृतिक सौन्दर्यसम्मका अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने लक्ष्य बोर्डले अघि सारेको छ । बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख सागर फुयाँलले नेपाल प्याभिलियनको उद्घाटन र अवलोकन गरेका थिए । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत रेग्मी, सिर्जना नेपाली र शिवराज पाण्डे लगायत उपस्थित थिए । बोर्डका वरिष्ठ अधिकृत रेग्मीले भने, ‘आईटीबी बर्लिनमा हाम्रो सहभागिता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर मात्र होइन, नेपालको पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता पनि हो । चुनौतीका बाबजुद नेपाललाई घुम्नैपर्ने गन्तव्यका रूपमा स्थापित गर्न हामी लागिरहेका छौं ।’
आईटीबी बर्लिनमा २५ वटा नेपाली कम्पनीहरूको सहभागितामार्फत अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी, उद्योग व्यवसायी तथा सञ्चारमाध्यमसँग नयाँ साझेदारी विस्तार गर्ने र नेपालको पर्यटन क्षेत्रका लागि थप अवसर सिर्जना गर्ने बोर्डको अपेक्षा छ । नेपालले विश्वभरका यात्रुलाई सौन्दर्य, समृद्ध संस्कृतिको जानकारी दिँदै आत्मीय आतिथ्य अनुभव लिन नेपाल घुम्न आउन आह्वान गरेको छ ।













समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण