
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम सफा रहने जनाएको छ । आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो । महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ ।
मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिए । “निर्वाचनको दिन देशभर मौसम सफा रहने छ, हामीले निर्वाचन आयोगका प्रतिनिधिलाई पनि मौसमसम्बन्धी जानकारी दिँदै आइरहेका छौँ”, उनले भने ।
पौडेलका अनुसार शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । विभागका अनुसार आज कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । मधेस प्रदेशसहित तराईका भू-भागमा सामान्यतया सफा मौसम रहने जनाइएको छ ।
“बिहीबार देशका अधिकांश भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछन् । उल्लेखनीय वर्षा प्रणाली सक्रिय नदेखिएकाले भारी वर्षाको सम्भावना छैन”, महाचशाखाद्वारा जारी विशेष बुलेटिनमा उल्लेख छ, “शुक्रबार कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ ।
तराई क्षेत्रका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।” महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ । आवश्यकताअनुसार बुलेटिन अद्यावधिक गरिने उल्लेख गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अद्यावधिक मौसम सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।













समाचार
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित
हतुवागढी खैराङमा अदुवा खेती विस्तार