
काठमाडौं । नेपाली सेनाले आज भइरहेको प्रतिनिधिसभाको निर्वाचनको सुरक्षाको लागि हेलिकप्टरमार्फत् गस्ती गर्ने भएको छ । सरकारले निर्वाचन शान्तिपूर्णतवरबाट गराउनका लागि सेनालाई हेलिकप्टरमार्फत् गस्ती गर्ने जिम्मेवारी दिएको हो ।
बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको थियो भने त्यसलाई बिहीबार कार्यान्वयनमा ल्याएको हो । सेनाको हेलिकप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकप्टरबाट पनि पेट्रोलिङ गर्ने गृह मन्त्रालयले जनाएको छ । साथै निर्वाचन सुरक्षालाई हेलिकप्टरलाई स्टायण्ड बाइ राख्ने समेत सरकारले निर्देशन दिएको छ । सेनाको हेलिकप्टरबाट मात्रै देशैभर गस्ती गर्न सम्भव छैन त्यसैले अन्य कम्पनीको पनि हेलिकप्टर प्रयोग गर्ने निर्णय सरकारले गरेको हो ।
यता सोमबार नै निर्वाचन आयोगले १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने निर्णय गरेको छ। हेलिकप्टर माग भई आएका डेढ सय मतदान केन्द्रबाट ६१ स्थानमा मतपेटिका संकलन गर्ने र त्यहाँबाट मतगणनास्थलसम्म हेलिकप्टरमा लैजाने निर्णय सोमबार निर्वाचन आयोगले गरेको हो।













समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प