
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक भारतले इंग्ल्यान्डको सामना गर्दै छ । यी दुई टोलीबीचको सेमिफाइनल खेल नेपाली समयम अनुसार बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।
इंग्ल्यान्ड सुपर ८ को समूह २ बाट विजेताका रूपमा तथा भारत समूह १ को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । समूह चरणमा अपराजित रहेको भारतले सुपर ८ मा एक हार बेहोरेको थियो भने इंग्ल्यान्डले समूह चरणमा एक हार बेहोर्दा सुपर ८ मा तीनवटै खेल जितेको थियो ।
इंग्ल्यान्ड र भारत दुवै २–२ पटकको यो शैलीको क्रिकेटको उपाधि जितिसकेका छन् । यस्तै यी दुई टोली लगातार तेस्रोपटक सेमिफाइनलमा खेल्न लागेका हुन् । यसअघि सन् २०२२ र २०२४ को संस्करणमा पनि यी दुई टोली सेमिफाइनलमा भिडेका थिए ।
सन् २०२२ को सेमिफाइनलमा इंग्ल्यान्डले भारतमाथि १० विकेटको प्रभावशाली जित हासिल गरेको थियो भने २०२४ को सेमिफाइनलमा भारतले शानदार जित हासिल गरेको थियो । यो सेमिफाइनलको विजेता टोली आफ्नो तेस्रो ऐतिहासिक उपाधि जित्ने मार्गमा अघि बढ्नेछन् । फाइनलमा उपाधिविहीन टोली न्युजिल्यान्डसँग भेट हुनेछ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह