
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स हिजो इन्डियन आर्मी फुटबल टिमसँग १–० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।
इन्डियन आर्मीको जीतमा क्रिस्टोले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्रिभुवन आर्मी पहिलो हाफबाटै १० खेलाडीमा सीमित भएको थियो । आर्मीका गोल रक्षक विकेश कुथु २९औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए । समूह ‘सी’ मा आर्मीले ३ मध्ये २ मा हार र अर्कोमा बराबरी खेलेको थियो ।
पहिलो खेलमा जमशेदपुर फुटबल क्लबसँग ३–२ ले पराजित भएको आर्मीले दोस्रो खेलमा लद्दाख फुटबल क्लबसँग १–१ को बराबरी खेलेको थियो । इन्डियन आर्मीको दोस्रो खेलमा यो पहिलो जीत हो । इन्डियन आर्मीले पहिलो खेलमा जमशेदपुरसँग हार बेहोरेको थियो । ३ अङ्कका साथ इन्डियन आर्मी समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ ।
त्रिभुवन आर्मी क्लबले ३ खेलमा १ अङ्कका साथ प्रतियोगिता सकायो । २ खेलमा शतप्रतिशत जीतको नतिजाका साथ जमशेदपुर समूहको शीर्ष स्थानमा छ । २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम