
काठमाडौं। आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अंक जोडे । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूह विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
समूह ‘ए’ बाट ७ अंकसाथ द सेलिब्रेसन को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अंकसाथ एआईटीएम उपविजेता हुँदै सेमिफाइनलमा पुगे । आयोजक दुवै टोलीको भेट सेमिफाइनलमा हुनेछ भने अर्को सेमिफाइनल सेलिब्रेसन को–एड र एआईटीएमबीच हुनेछ । प्रतियोगिताको काष्ठमण्डपका प्लस २ प्रोग्राम डाइरेक्टर रिचार्ड गोमेज र ए लेभल प्रोग्राम डाइरेक्टर यादव थपलियाले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा मण्डिखाटारस्थित आयोजककै हातामा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह