
काठमाडौं । फिफा विश्वकपको अन्तिम ३२ आज डिआर कङ्गो र इङ्गल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति ९:४५ बजे सुरु हुनेछ। थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड समूह ‘एल’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले पहिलो खेलमा क्रोएसियालाई ४-२ ले हराएको थियो। घानासँग बराबरी खेलेको इंग्ल्यान्डले पनामालाई २-० ले माथ दिएको थियो। इंग्ल्यान्डले अपेक्षा अनुसार प्रभाव छाड्न भने सकेको छैन।
इङग्ल्यान्डका लागि राइटब्याकको स्थान चिन्ताको विषय बनेको छ। रिसी जेम्सले ह्यामस्ट्रिङ चोटका कारण पानामा विरुद्धको खेल गुमाएका थिए। उनले जारी विश्वकपमा फेरि खेल्ने सम्भावना न्यून छ। उनको स्थानमा खेलेका जारेल कुवानशालाई पनि पानामा विरुद्ध एंकलमा चोट लागेपछि आजको खेलका लागि अनिश्चित छन्। यो अवस्थामा जेड स्पेन्सब राइटब्याकमा सुरूवाती रोजाइ बन्न सक्नेछन्। पिडुलाको समस्याका कारण पानामा विरुद्ध आराम दिइएका डेक्लान पूर्ण रूपमा फिट रहेकाले सुरुवाती टोलीमा फर्कने अपेक्षा गरिएको छ।
यो विश्वकपमा अफ्रिकी राष्ट्र विरूद्ध अंक गुमाइसकेको इंग्ल्यान्डले डिआर कङ्गोलाई कमजोर आँक्ने अवस्थामा छैन। डिआर कङ्गोले समूह चरणमा पोर्चुगलसँग १-१ को बराबरी खेलेको थियो। कोलम्बियासँग १-० ले पराजित हुँदा उज्वेकिस्तानलाई ३-१ ले माथ दिएको थियो। यो नतिजामा डिआर कङ्गो यो विश्वकपको सबैभन्दा प्रभावशाली नतिजा हो । उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा डिआर कङ्गो नकआउट चरणमा पुगेको हो।
समूह चरणमा कङ्गोले गरेको ४ मध्ये ३ गोल गरेका योने विस्साबाट फ्रन्ट लाइनमा बढी अपेक्षा गरिएको छ। कङ्गोको सम्भावित डिफेन्डरमा आरोन वान विसाका, एक्सले टुयानजेबी र आर्थरसँग इंग्लिस फुटबलको लामो अनुभव रहेको कारण इंग्ल्यान्ड विरुद्ध फाइदा हुन सक्छ।मिडफिल्डमा नोआ सादिकीको भूमिका महत्वपूर्ण रहनेछ। प्रशिक्षक सेबास्टियन डेसाब्रेको टोलीमा चोटको समस्या भने छैन।













समाचार
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास