काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले फराकिलो मतका साथ अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार पाठकले २ हजार ३८१ मत ल्याएका छन् ।
पाठकलाई नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।