
काठमाडौं । इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारत जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। भारतले दिएको २५४ रनको लक्ष्य पछाएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको हो।
इंग्ल्यान्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै विल ज्याकले ३५ रन बनाए भने जोस बटलरले २५ रन बनाएका थिए। त्यस्तै जोफ्रा आर्चरले अविजित १९ रन बनाएका थिए।
त्यस्तै भारतीय बलर हार्दिक पाण्डेयले २ विकेट लिए भने अर्शदीप सिंह, जसप्रित सिंह, वरुण चक्रवर्ती र अक्सर पटेलले एक एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो।
भारतका लागि सन्जु सामसनले ८९ रन बनाए भने शिभम दुवेले ४३, इशान किसनले ३९, हार्दिक पाण्डेयले २७ र तिलक बर्माले २१ रन बनाएका थिए। त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २-२ विकेट लिएका थिए।
योसँगै भारत लगातार दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ। डिफेन्डिङ च्याम्पियन रहेको भारतले अब फाइनलमा आइतबार न्यूजील्याण्डसँग खेल्ने छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह