काठमाडौं । चितवन-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन्। हालसम्मको मत परिणामअनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३ सय २९ मत प्राप्त गरेका छन्। उनी लामिछानेभन्दा ४ हजार ३ सय ७१ मतले पछि छन्। नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार २ सय २२ मत पाएकी छन्। उनी लामिछानेभन्दा ४ हजार ४ सय ७८ मतले पछि छिन्।
यता नेकपाका उम्मेदवार टेक प्रसाद गुरुङले १ हजार ५ सय ५८ मत प्राप्त गरेका छन्। उनी लामिछानेभन्दा ५ हजार १ सय ४२ मतले पछि छन्।मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।