
काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले पार्टीका महासचिव शंकर पोखरेलले पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्य उम्मेदवार रहेका पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यसँग पराजित हुने सुनिश्चित भएसँगै तिम्सेनाले शंकरको राजीनामा मागेकी हुन् ।
बिहान पोखरेलले आफ्नो हार स्वीकार गरिसकेका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै आफ्ना प्रतिद्वन्द्वीलाई बधाई समेत दिएका छन् । सो स्ट्याटसमा जवाफी लेख्दै तिम्सेनाले पोखरेललाई नैतिकता देखाउन माग गरेकी छन् ।
उनले लेखेकी छन्, ‘ आफ्नो जिम्मेवारीबाट राजीनामा लेखेर यो स्ट्याटस लेख्नु पर्थ्यो कमरेड। राजनीतिमा सबैभन्दा ठुलो कुरा नैतिकता हो ।
समाजबाट पुरै बेखबर तपाईँ र सिङ्गो कमिटीले आफ्नो पुनसंरचना र पुनर्गठन गर्नु जरुरी छ । तपाईँको पुस्ता सामान्य असफल मात्रै होइन, यो सर्वनाशको कारण पनि हो । खासमा बस्तुगत भएर मात्र अगाडी बढ्न वा नबढ्न सकिन्छ । आगे जो इच्छा कमरेड । ’













समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित