
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमतको सरकार बनाउन झण्डै दुई सिटले कम पर्ने अवस्था देखिएको छ। आगामी संसदको सम्भावित अंकगणित अनुसार रास्वपाले प्रत्यक्षतर्फ जितेको १२५ सिट र समानुपातिकतर्फको मतको आधारमा पाउन सक्ने ५७ सिट गरी कुल १८२ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। यद्यपि निर्वाचन आयोगले सिटको अन्तिम निर्धारण भने अझै गरेको छैन।
निर्वाचन आयोगले सिट वितरण गर्दा प्रयोग गर्ने सेन्ट-लग सूत्रअनुसार रास्वपाले प्रत्यक्ष र समानुपातिक मतको आधारमा १८२ सिट पाउने देखिन्छ। यदि आयोगले यही संख्या कायम गर्यो भने २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि आवश्यक १८४ सिटमध्ये रास्वपालाई दुई सिट अपुग हुनेछ। निर्वाचन आयोगका अनुसार रास्वपाले समानुपातिकतर्फ ५१ लाख ५४ हजार ९४८ मत प्राप्त गरेको छ, जुन कुल मतको ४७.८१ प्रतिशत हो।
समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। कांग्रेसले समानुपातिकबाट २० सिट पाउने अनुमान गरिएको छ भने प्रत्यक्षतर्फ १८ सिट जितेको छ। यसरी कांग्रेसको कुल सिट संख्या ३८ पुग्ने देखिन्छ। अघिल्लो निर्वाचनमा कांग्रेसले ८९ सिट जितेको थियो। त्यस्तै, नेकपा एमालेले समानुपातिकतर्फ १६ सिट र प्रत्यक्षतर्फ ९ सिट गरी कुल २५ सिट पाउने देखिएको छ। नेपाल कम्युनिष्ट पार्टीले समानुपातिकबाट ९ सिट र प्रत्यक्षबाट ८ सिट गरी जम्मा १७ सिट पाउने देखिएको छ।
यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकबाट ४/४ सिट पाउने देखिन्छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ जितेको ३ सिट जोड्दा कुल ७ सिट पाउनेछ भने राप्रपाले प्रत्यक्षतर्फ जितेको १ सिटसहित कुल ५ सिट पाउने देखिएको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना