
काठमाडौं । माघ महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सात महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँ बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ५ अर्ब ७२ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ३ करोडले बचतमा रहेको छ ।













समाचार
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’
नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल