
काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल