काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले काठमाडौंको नागपोखरीमा नयाँ याडिया केयर–सर्भिस स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो आफ्टर–सेल्स सेवा प्रदान गर्ने उद्देश्यका उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त नयाँ सेवा केन्द्रले याडिया स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ । यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकहरूले अब अझ सहज स्थानमा प्राविधिक सेवा तथा मर्मत सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।
यो सेवा केन्द्र आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ र विशेष गरी काठमाडौंको केन्द्रिय क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने याडिया प्रयोगकर्ताहरूका लागि सेवा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ ।
याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई–पांग्रे सवारी साधन ब्रान्ड को रूपमा आफ्नो स्थान कायम राख्दै आएको छ । नेपाली बजारमा पनि याडियाका विभिन्न मोडेलहरू ग्राहकहरूबीच लोकप्रिय बन्दै गइरहेका छन् । विशेष गरी भिल्याक्स, ओविन तथा सबैभन्दा धेरै बिक्री हुने ई८एक्स प्रो मोडेलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त गरेका छन् ।
कुजु नेपालका अनुसार नागपोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याउनु भनेको ग्राहक सेवा अझ सुदृढ बनाउने र याडिया प्रयोगकर्ताहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धता हो ।
कम्पनीले आगामी दिनहरूमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि याडिया केयर सेवा केन्द्रहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिएको छ, जसले देशभरका ग्राहकहरूलाई अझ सहज र विश्वसनीय आफ्टर–सेल्स सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।