यूनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १७० रुपैयाँ राखेको छ । उक्त सेयर हाल यूनाइटेड अजोड इन्स्योरेन्सका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न सक्नेछन् । सो सेयर किन्न चाहने सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या समेत खुलाएर निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर किन्न निवेदन नपरेमा वा सबै सेयर बिक्री नभएमा बाँकी रहने सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार