
काठमाडौं । पिपुल्स पावर लिमिटेडको ९ औँ वार्षिक साधारणसभाको मिति घोषण भएको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबारका लागि साधारणसभाको मिति तय गरेको हो ।
उक्त सभा काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त साधारणसभाले गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको गत आवको वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी सोही साधारणसभाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको ठाउँसारी गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र विविध प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ चैत १६ गते सोमबार एक दिनका लागि बूक क्लोज गर्ने निर्णय समेत गरेको छ । यो आधारमा चैत १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट