
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचा पत्र पूरा हुनेगरी आफूहरुले काम गर्ने बताएको छन् । शुक्रवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाएको मन्त्री पोखरेलले पार्टीले सार्वजनिक गरेको वाचापत्रमा सय वटा प्रतिवद्धता रहेको स्मरण गराउँदै सरकारले सोही वाचा पूरा गर्नेगरी काममा केन्द्रित हुने योजना बनाएको समेत स्पष्ट पारे ।
नवनियुक्ती मन्त्री पोखरेलले जनताले निर्वाचनमा दिएको मतले आफूहरुलाई जिम्मेवार बनाएको उल्लेख गर्दै सोहीअनुसार काम गर्ने पनि बताए । उहाँले शिक्षा क्षेत्रमा नतिजा, उपलब्धि र पूर्वाधार क्षेत्रको विकासमा जोड दिएर अघि बढने संकल्प समेत गरे ।
नवनियुक्त मन्त्री पोखरेलले भन्नुभयो,‘हामी एकदमै के कुरामा सम्वेदनशील छौँ भने हामीलाई जुन किसिमको मत प्राप्त भएको छ मतदाताहरुबाट । त्यो मतप्रति हामी निकै नै संवेदनशील छौँ ।
हामीले त्यसलाई एकदमै जिम्मेवारी बोधको हिसावले लिएका छौँ । हाम्रो अब ५ वर्षको उद्देश्य भनेको हरेक मन्त्रालयबाट हाम्रो पार्टीमा भएको वाचा पत्रमा भएको सय वटा बाचाहरु पूरा गर्नु हो । त्यसका लागि पार्टीमा भएको बाचा अनुसार सबै मन्त्रालयमा हामी त्यही अनुसार काम गर्छौं ।’ मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकासमा पनि पूर्वाधार विकासमा जोड दिएर अघि बढ्ने बताए ।













समाचार
हर्मुज खोल्न ८० देशको आह्वान
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’